प्रदेश १ मा दैनिक उपभोग्य सामग्रीको बजारभाउ आकासियो, उपभोक्ता मारमा (मूल्यसूचीसहित)


काठमाण्डु – प्रदेश १ मा दैनिक उपभोग्य सामग्रीको बजारभाउ ह्वात्तै बढेको छ । पछिल्लो दुई महिनायता दाल, चामल, तेल, घीउ, चिनी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रीको बजारभाउ ५ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले अस्वाभाविक र अनुचित रूपमा मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् । उनीहरुले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कहिले ढुवानी महंगिएको नाममा त कहिले कच्चापदार्थको मूल्य बढेको बहानामा पटक–पटक उपभोग्य वस्तुको मूल्य बढाइरहन्छन् ।

एक महिनामै खाने तेल एक लिटरमा ४५ रुपैयाँसम्म मूल्य बढेको छ । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बजारमा पाइने सबै वस्तुमा उच्च विन्दुमा मूल्य बढेका कारण सर्वसाधारणको दैनिकी कष्टकर भएको बताए ।

बजारमा वस्तु र सेवाको मूल्य बढ्दा पनि सरकार निरीह भइरहेको ढुंगेलको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको तथ्याङ्कअनुसार एक वर्षमा खाने तेल एक लिटरमा सय रुपैयाँसम्म मूल्य बढेको छ  । चामल २५ किलोको बोरामा दुई सय रुपैयाँसम्म मूल्य बढेको छ ।

मुुसुरोको दाल किलोमा ४० रुपैयाँले मूल्यवृद्धि भएको छ । भारतमा ३५ रुपैयाँ किलोमा पाइने चिनी नेपाली उपभोक्ताले सय रुपैयाँसम्म तिर्नुपरिरहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख रामप्रसाद वाग्लेले मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरुले दैनिक बजार अनुगमन गर्ने गरेका बताए ।

मूल्यसूची :

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement