सुदूरपश्चिमका मुख्यमन्त्री भट्टकाे पक्षमा ३१ भाेट, पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टकाे पक्षमा ३१ भाेट, पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकबाट भट्टले विश्वासको मत पाएका हुन्।

भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ । सुदूरपश्चिममा ४६ जना प्रदेश सभा सदस्य रहेका छन् ।

भट्टको पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।

सभामुख भीम भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको घोषणा गरे ।