खगेन्द्र सुनारको आरोपः प्रहरी मुख्यालय बिचौलियाको कब्जामा छ

खगेन्द्र सुनारको आरोपः प्रहरी मुख्यालय बिचौलियाको कब्जामा छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाहरुले कब्जा गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैकठमा सुनारले त्यस्तो आरोप लगाएका छन् ।

सुनारले अघिल्लो बैकठमा पोशाक खरिदमा भएको अनियमितताबारे मागिएको जवाफ प्रहरी मुख्यालयबाट आए/नआएको प्रश्न गरे । सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समितिको अघिल्लो बैठकमा भनाभन भएको थियो ।

सुनारले सिपाही, हवल्दार र निर्वाचन प्रहरीको पोशाक र जुत्ता मोजा खाएको आरोप लगाएपछि कार्कीले प्रतिवाद गरेका थिए । सुनारले उक्त बैठकमा आफूले उठाएको विषयमा अडिग रहेको बताए । मानदर्मन भएको लाग्छ भने आफूविरुद्ध अदालतमा मुद्धा हाल्न समेत चुनौती दिए । सुनारले प्रहरीले यही बीचमा करोडौंको ठेक्का लगाएको समेत उल्लेख गरे ।

‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं, त्यो आयो कि आएन’, उनले भने, ‘निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् ।’

सुनारले संसदीय समितिमा आएर जुहारी खेलेको भन्दै प्रहरी महानिरीक्षक कार्कीप्रति आक्रोश पोखे ।

‘अस्ती गरेको प्रश्नमा म अडिग छु । मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला’, उनले भने, ‘तर, सार्वभौम समितिमा आए टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन ।’