लेखराजले माओवादी छोडेपछि सुदुरपश्चिमबाट खगराज भट्टको बढुवा,स्थायी कमिटीमा ल्याउने तयारी

लेखराजले माओवादी छोडेपछि सुदुरपश्चिमबाट खगराज भट्टको बढुवा,स्थायी कमिटीमा ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माओवादी केन्द्रले सातै प्रदेशका प्रदेश इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । माओवादी केन्द्रको दुई दिनदेखी बसेको स्थायी कमिटी बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको जिम्मेवारी टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा राम कार्की, २ मा गणेश शाह, बागमतिमा हितमान शाक्य,गण्डकीमा हितराज पाण्डे,लुम्बीनीमा चक्रपाणि खनाल,कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदुरपश्चिमका खगराज भट्ट प्रदेश इन्चार्ज तोकिएका छन् ।

भट्ट पहिलो पटक प्रदेशको इन्चार्ज बनाइएका हुन । सुदुरपश्चिमका माओवादी नेता लेखराज भट्ट पार्टी विभाजन हुंदा एमालेतिर लागेपछि खगराज उक्त जिम्मेवारी दिइएको हो । लेखराज अहिले नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज छन् । प्रदेश इन्चार्जका लागी लक्ष्मीदत्त जोशी पनि दौडमा थिए । तर,स्थायी कमिटीले खगराजलाई नै जिम्मेवारी दिएको हो । भट्ट र जोशी नेकपा हुंदा प्रदेशको सहइन्चार्ज थिए ।

युद्धकालमा लामो समय माओवादीमा लेखराजपछी वरियतामा दोस्रो नम्बरमा रहेका उनले अहिलेसम्म निर्वाचन भने जित्न सकेका छैनन । उनि कांग्रेस सभापति शेरबहादुर देउवासंग यसअघि दुई पटक डडेल्धुराबाट पराजित भएका थिए । माओवादीमा युद्धको बेला लेखराज भट्ट इन्चार्ज थिए । पछि पम्फा भुसाल,जनार्दन शर्मा, शक्ति वस्नेतलगायतका नेताले समेत सुदुरपश्चिमको जिम्मेवारी सम्हालेका थिए । तर, स्थानिय नेतृत्वको विकास पार्टीले नगरेको भन्दै सुदुरपश्चिममा माओवादीभित्र असन्तुष्टि थियो ।

यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खगराजलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेका हुन । खगराज लामो समय बावुराम भट्टराईसंग निकट थिए भने पछि नेता मोहन वैद्य किरणको लाइनमा समेत उनी लागेका थिए । पार्टीभित्र संस्थापनसंग नजिक नभएका नेता भट्ट दोस्रो पूस्ताका नेता जनार्दन शर्मासंग निकट मानिन्छन् । शर्माले नै यसअघि उनलाई संघठन विभागको सदस्य बनाएका थिए ।

सरल स्वभाव र राजनीतिक, वैचारिक क्षमता भएका भट्टलाई रोक्न माओवादीभित्र मुख्यमन्त्री त्रिलोचन भट्ट, लक्ष्मण जोशी,तारामान स्वार र विना मगरलगायत लागेको चर्चा थियो । तर,अन्तिममा उनलाई नै जिम्मेवारी दिइएको थियो । भट्ट माओवादीमा केन्द्रीय सदस्य मात्रै थिए । अहिले माओवादीले प्रायजस्तो सवै प्रदेशमा स्थायी कमिटीका सदस्यलाई जिम्मेवारी दिएको छ । उनलाई पनि स्थायी कमिटीमा बढुवा गर्ने तयारी भएको चर्चा माओवादी वृतमा छ । भट्टलाई इन्चार्ज बनाएपछि माओवादी पंक्तिमा उत्साह देखिएको छ ।