खानेतेलको ग्यालिनमा लागुऔषध ओसारपसार


ललितपुर -खानेतेलको ग्यालिनमा राखेर लागुऔषध ओ सारपसार भइरहेको खुलेको छ। प्रहरी परिसर जाउलाखेल तथा अपराध शाखा ललितपुरको एक टोलीले यो रहस्य पत्ता लगाएको हो।

बिहीबार ललितपुर महानगरपालिका ४ स्थित अफलडोलबाट कीर्तिपुरका २८ वर्षीय विनोद मानन्धरलाई पक्राउ गरेको छ। उनको साथबाट डाइजेल्याब एम्पल ३० पिस, नुफिन एम्पल ३० पिस, फेनारगन ३० पिस बरामद गरेको छ।

मानन्धरलाई महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङ बस्ने २९ वर्षीय विजय लामाले लागुऔषध विक्री गर्न दिएको बताएका छन्।

लामालाई पक्राउ गरी प्रहरीले उनको साथबाट दुई ग्यालिनमा लागुऔषध बरामद गरेको हो। त्यस्तै स्टार अस्पताल नजिकबाट प्रहरीले वीरगन्जका धनन्जय पुन मगर र शत्रुधन पासवानको साथबाट थप दुई ग्यालिन लागुऔषध बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement