खानेपानी मन्त्री बिना मगरलाई २१ बुँदे माग राख्दै २१ किलोको माला


बेलौरी- खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएर स्वागत गरेको छ । गृहजिल्ला भ्रमणमा रहेकी मन्त्री मगरलाई नगरपालिकाको तर्फबाट २१ बुँदे माग राख्दै २१ किलोको माला लगाइएको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन् । मन्त्री मगरले २१ किलोको मालाले आफुलाई थप जिम्मेवार भएको बताउँदै नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने वताइन् ।

मागपत्रमा  नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement