खप्तड गोल्डकपः संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा


धनगढी– सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ।

 

धनगढी रंगशालामा बुुधबार भएको खेलमा सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो।

 

एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको ८५ औँ मिनेटमा अर्को गोल थपेर एपिएफको जित सुनिश्चित गरेका थिए।

 

 

व्यक्तिगत दुई गोल गर्न सफल विष्ट खेलका म्यान अफ म्याच घोषित भए।

 

 

पहिलो हाफमा एपिएफ सङ्कटामाथि पूर्णरुपमा हावी भएको थियो। सङ्कटा दोस्रो हाफमा सम्हालिँदै आक्रामक बनेको देखिएपनि गोल प्रहार गर्ने केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न पुग्यो।

 

 

बिहीबार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement