खप्तड गोल्डकपः धरानलाई हराउँदै संकटा क्वार्टरफाइनलमा


धनगढी– काठामाडांैको सिएमजी संकटा धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

 

 

धनगढी रंगशालामा आइतबार भएको खेलमा धरानको धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै संकटाले क्वार्टरफाइनल यात्रा तय गरेको हो।

 

 

पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पेनाल्टी सुटआउटमा संकटालाई खेल सुम्पन बाध्य भएको हो। पहिलो हाफको २६ औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो। धरानका लागि प्रकाश वुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए।

 

 

सुरुमा ५÷५ जनाको प्रहारमा दुवै टीमले ३÷३ गोल गरेपछि थप भएका २÷२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत ग¥यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए।

 

 

दुई गोल रोकेर टिमलाई जिताएका उनी खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे।

 

पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ विश्व अधिकारी सरोज दाहाल सुजित थापा अभिशेष रिजालले गोल गर्दा सुसिल लामा र भुष सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए।

 

 

धरानका लागि वर्तमान राई रोमन लिम्वु सुरज विक प्रकाश वुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहारलाई संकटाका गोलरक्षक विजय श्रेष्ठले वचाए भने सुवोश शाहीको प्रहार आउट भयो।

 

 

प्रतियोगिता अन्तर्गत सोमबार थ्री स्टार क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement