खप्तड गोल्डकप : भुटानको टीमलाई हराउँदै रुपन्देही क्वार्टरफाइनलमा

खप्तड गोल्डकप : भुटानको टीमलाई हराउँदै रुपन्देही क्वार्टरफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– रुपन्देही–११ धनगढीमा जारी दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

 

भुटानको डुकस्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही ११ क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि अमर डङगोलले पहिलो हाफको २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले दोस्रो हाफको ६९ औ मिनेटमा तेश्रो गोल गरे ।

 

भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरे । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो ।

 

 

गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए ।

 

 

 

पहिलो संस्करणमा पनि सहभागी भएको डुकस्टारले त्यस वेला वेष्ट काठामण्डौलाई पहिलो खेलमा ४–१ ले हराएको थियो भने दोस्रो खेलमा डिफेन्डीङ च्याम्पीयन मनाङ मस्याङदीसँग २–० ले पराजित भएको थियो।

 

 

क्वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसंग पुस २८ गते भिड्ने छ।

 

 

बुधबार सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक ओम विक्रम चन्दले जानकारी दिए ।