सरकारको खर्च कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय


काठमाण्डु- अर्थ मन्त्रालयले सरकारको आन्तरिक खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयले १४ बुँदे निर्देशिका जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय गरेको हो ।

देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर सो निर्णय गरिएको जनाइएको छ ।  मन्त्रालयको निर्णयले चालु आर्थिक वर्षमा राज्यको २४ अर्ब ५० करोड बचत हुने विज्ञप्तिमा उल्लेख छ ।

1

2

प्रतिक्रिया दिनुहोस
Advertisement