काठमाण्डु – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान पत्रकार भण्डारीलाई भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
त्यही फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।




प्रतिक्रिया