पत्रकार खेम भण्डारी जेलमुक्त

पत्रकार खेम भण्डारी जेलमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरका पत्रकार खेम भण्डारी एक महिनाको कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन् ।

भण्डारीलाई गत असार १८ गते भीमदत्त नगरपालिका–१८ कटानस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका उनी एक महिना कैद बसेपछि शुक्रबार मुक्त भएका हुन् ।

बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले २०८२ जेठ १ गते उनलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गरेको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार प्रकाशित गरेको आरोप लगाउँदै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । पत्रकारितामै सक्रिय रेहका सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का स्थानीय संवावददाता हुन् ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न भनेर हिंडेकी निर्मला एक दिनपछि भीमदत्त नगरपालिका–१८ निम्बुखेडा खोला किनारको उखुबारीमा मृत फेला परेकी थिइन् ।

लामो समय बितिसक्दा पनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

पत्रकार भण्डारीले बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टलाई जोगाउन अरु नै व्यक्तिलाई दोषी किटान गरी समाचार प्रकाशन गर्नुका साथै सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोप लाग्दै आएको छ ।