जुवाखालबाट पूर्वराज्यमन्त्री यादवसहित ९ जना पक्राउ


काठमाण्डु – पूर्वराज्यमन्त्री खोवारी राय यादव पक्राउ परेका छन् । शनिबार दिउँसो स्वयम्भूबाट पूर्वराज्यमन्त्री सहित ९ जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा स्वयम्भूस्थित फेमली क्वाटर नजिक साइली तामाङको घरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा यादवसहित पर्वत भण्डारी, सन्तोष लामा, उत्तरकुमार लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा, विक्रम लामा, देवेन्द्र श्रेष्ठ र कान्छा तामाङ रहेका छन् । उनीहरुको साथबाट एक लाख ५३ हजार पाँच सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा स्वम्भूबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनी २०५२ र ०५३ सालमा राज्यमन्त्री भएका थिए । ०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट राज्यमन्त्री भएका यादव ०७४ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement