शनिबार खुलामञ्चमा डोजर चलेपछि मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया

शनिबार खुलामञ्चमा डोजर चलेपछि मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् । खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो ।

महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो । शनिबार खुलामञ्चका सटर भत्काएपछि मेयर शाक्यले उपमेयरले प्रतिवेदन दिन ढिलाइ गरेकोले डोजर लगाएर सटर भत्काउनुपरेको प्रतिक्रिया दिए ।