कमल थापासँग असन्तुष्ट पाँच भाई किन पुगे एकाबिहानै खुमलटार ?


काठमाण्डु – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेता खुमलटार पुगेका छन् । केही महिना अघिमात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका ५ जना पदाधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डको बोलावटमा आफूसहित उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको बताएका थिए ।

यस्तै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको स्रोतले जानकारी दियो । सो क्रममा पार्टीकी उपमहासचिव पम्फा भुसाललगायतको पनि सहभागिता थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट एमालेको सूर्य चिह्नबाट चुनाव लडेका छन् । थापा आफ्नै चुनाव क्षेत्रबाट चुनाव लड्दा देशभर राप्रपा नेपालको गतिविधि शून्य भएको कार्यकर्ता तहबाटै गुनासो सुनिएका बेला पार्टीका पाँच भाइ पदाधिकारी खुमलटार पुगेका हुन् ।

संघ र प्रदेशको निर्वाचन नजिकिँदै भइरहेका बेला राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement