रास्वपाका सांसदलाई खुश्बु ओलीको कटाक्षः सरकार पक्षका माननीयज्यूहरू प्रधानमन्त्रीकहाँ डेलिगेसन जानुस्

रास्वपाका सांसदलाई खुश्बु ओलीको कटाक्षः सरकार पक्षका माननीयज्यूहरू प्रधानमन्त्रीकहाँ डेलिगेसन जानुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेपालले पनि धेरे ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई पहल लिन आग्रह गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले संसद्को अवरोध अन्त्य गर्ने जिम्मेवारी सत्तापक्ष र सरकारको भएको बताइन् । विपक्षी दलहरु रहरले नभई प्रधानमन्त्रीको अभिव्यक्तिका कारण बाध्य भएर संसद्मा विरोधमा उभिनुपरेको उनको भनाइ थियो ।

‘हामीलाई यहाँ बसेर सरकारको विरोधमा समय खर्च गर्ने रहर छैन, यो हाम्रो बाध्यता हो,’ उनले भनिन्, ‘सरकार पक्षका माननीयज्यूहरू प्रधानमन्त्रीकहाँ डेलिगेसन जानुस् र उहाँलाई भन्नुस्, तपाईंको अभिव्यक्तिमा त्रुटि भयो । नेताको शक्ति भनेकै गल्ती सच्याउने क्षमता हो । क्षमा माग्नुपर्दैन, तर तथ्य सच्याइदिनुस् ।’

प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता लिए वा सच्याए संसद्को अवरोध तत्काल अन्त्य हुने ओलीको दाबी थियो ।

प्रधानमन्त्री शाहले गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नेपालको भूमि मिचेको नभई ‘नेपालले पनि धेरे ठाउँमा भारतको जग्गा’ मिचेको अभिव्यक्ति दिएका थिए ।