पहिरोले किम्रुङ खोला थुनियो, कालिगण्डकीका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

पहिरोले किम्रुङ खोला थुनियो, कालिगण्डकीका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज बेलुकी सूचना जारी गर्दै खोला थुनिएपछि जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

यस्तै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म कालीगण्डकी दोभानसम्मका तल्लो क्षेत्र, नयाँपुल, बिरेठाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

‘किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ महाशाखाले भनेको छ।