मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

शुक्रबार विहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ । साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता(कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement