तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– शुक्रबारदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र खत्रीले सिंह आइतबार मृत फेला परेको बताए ।

शुक्रबार कृषि फर्ममा जाने भनेर घरबाट हिंडेका सिंह बेपत्ता भएपछि शुक्रबारबाटै प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका थिए ।

शुक्रबार साँझ नजिकका व्यक्तिहरुलाई फोन गरी उनले आफू बाटो बिराएर जंगलमा हराएको भन्दै बचाउन आग्रह गरेका थिए ।

उनले टेलिफोन सम्पर्क गरेकै आसपास शव भेटिएको प्रहरीले जनाएको छ ।

तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली खटाउँदा पनि अवस्था पत्ता नलागेपछि लुम्बिनी प्रदेश प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को मद्धत मागेको थियो । सिआईबी टोली आइतबारै कपिलवस्तु जाने तयारीमा थियो ।

६५ वर्षीय सिंह ०७४ सालमा काँग्रेसबाट कपिलवस्तुको मेयर निर्वाचित भएका थिए ।