काठमाण्डु– काठमाण्डुको तारकेश्वरबाट कीर्ते गरेर नक्कली कागजात बनाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला गोर्खा भिमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई हाल काठमाण्डुको बुढानिलकण्ठ–१२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउापालिका – २ छ्याङ्दुङ् घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् ।
प्रहरीले तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अखडामा प्रहरीले बुधबार छापा मारेको थियो ।
नक्कली कागजात तथा सम्बन्धित सामाग्रीसहित बधबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए ।
उनीहरुको साथबाट बैंकिङ लगायतका विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया