पत्रकार किशोर श्रेष्ठको मुद्दामा सर्वाेच्चद्वारा परमादेश जारी

पत्रकार किशोर श्रेष्ठको मुद्दामा सर्वाेच्चद्वारा परमादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको मुद्दाको बन्दीप्रत्यक्षीकरण रिटमा परमादेश जारी गरेको छ ।

पत्रकार किशोर श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

रिट निवेदकले रिहा गर्नुपर्ने माग गर्दै रिट निवेदन दिएका थिए ।

सर्वाेच्चबाट परमादेश जारी भएसँगै अब पत्रकार श्रेष्ठ प्रहरी हिरासतबाट रिहा हुने भएका छन् ।