पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार (आज) पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो भने पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठलाई भदौ १ गते अदालत उपस्थित गराउन आदेश दिएको थियो ।