काठमाडौँको फोहोर भोलिबाट उठने, यस्तो भयो सहमति

काठमाडौँको फोहोर भोलिबाट उठने, यस्तो भयो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— विगत ५ दिनदेखि नउठेको काठमाडौंको फोहोर सोमबारबाट उठ्ने भएको छ।

आइतबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रभावित क्षेत्रका जनप्रतिनिधि, प्रभावित र अतिप्रभावित क्षेत्रका स्थानीयबीच सम्पन्न बार्ताबाट समस्या समाधानका लागि समिति गठन गर्दै फोहोर खुलाउने सहमति भएको हो ।

वार्तामा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयकातर्फबाट माग राख्दै प्रतिनिधिहरुले — सिसडोल ल्याण्डफिल्ड साइटमा अबदेखि फोहोर नलैजान र अहिलेको अवस्थालाई सुधारेर छोड्ने माग प्रस्तुत गरेका थिए । यसरी माग प्रस्तुत भएपछि महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — स्थानीयबासीमा परेको पीडा आफूले महसुस गरेको बताउँदै महानगर आफैंले समाधान नर्ग नसक्ने कतिपय सवालका कारण आफू पनि समस्यामा रहेको उल्लेख गरे ।

हामी स्थानीयबासीका हरेक मागप्रति संबेदनशील छौं । यी मागमध्ये महानगर आफैं निर्णय गरेर पूरा गर्न सक्ने कामको जिम्मा लिन्छु । संघ, प्रदेश र उपत्यकाका अन्य स्थानीय सरकारसँगको समन्वयनमा मात्र गर्न सकिने काम अघि बढाउन नेतृत्व लिन्छु । मेयर शाक्यले भने — यसमा तपाई हामी सबै मिलेर अघि बढ्नु पर्छ ।

मेयर शाक्यको प्रस्तावपछि स्थानीयले — तत्कालीन फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका महाप्रबन्धक डा सुमित्रा अमात्यको पालाका तयार पारिएको स्थानीय समस्यामा केन्द्रीत प्रतिवेदनलाई काम शुरु गर्ने आधारका रुपमा लिन आग्रह गरेपछि प्रस्तावितसहित यस अघिका प्रतिवेदन, अहिलेका आवश्यकता र आगामी चुनौतीलाई दृष्टिगत गर्दैै समस्या समाधान गर्न समिति गठन गर्ने कुरामा सहमति भयो ।

यसै सहमतिबमोजिम महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा ककनी गाउँपालिकाको वडा १ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा २ का अध्यक्ष केदार पौडेल र धुनिबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर लामा रहेका छन् । त्यस्तै स्थानीय प्रतिनिधिका रुपमा अर्जुन न्यौपाने, जीतबहादुर बलामी र राजन न्यौपानेलाई राखिएको छ । ल्याण्डफिल्ड साइटबाट प्रभावित र अतिप्रभावितका समस्यालाई मागका रुपमा उठाउने चक्रमान बलामी, ज्ञानेन्द्रप्रकाश गजुरेल, सन्तराम बलामी र गणेश बलामी समितिको सदस्य छन्।
त्यसै बार्ताबाट सोमबारबाट फोहोर व्यबस्थापन कार्य सुचारु गर्ने निर्णयसमेत भएको छ ।