सुन काण्डमा बोल्दा सुनिल शर्मामाथि सरकारले प्रतिशोध साँध्योः शेखर कोइराला


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको बताएका छन् ।

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका हुन् । शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने उनको भनाइ छ ।

‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ । तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्‍याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ । राजनीतिमा जब प्रतिशोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्‍याउँछ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement