कोहलपुरमा एमाले र माओवादी कार्यकर्ताबीच खुकुरी हानाहान


बाँके – बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ ।

कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको हो । त्यसक्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन् ।

गएराति खुकुरी प्रहारबाट पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।

अहिले दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement