को हुन् नवनिर्वाचित वातावरण मन्त्री शक्त्ति बस्नेत?


काठमाडौं- नवनिर्वाचित वन तथा वातावरण मन्त्री शक्त्ति बस्नेत विकट जाजरकोट जिल्लाबाट राजनीति सुरु गरेका नेता हुन् ।

बस्नेतको राजनीतिक जीवन भने ०४६–४७ बा्टन स मात्र सुरु भएको हो । तत्कालिन एकिकृत माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन्। जन–परिचालनमा उनी निपूर्ण मानिएका नेता हुन् ।

दाङको महेन्द्र बहुमुखी क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा विद्यार्थी रहेका बस्नेत आफ्नो पढाइइ पूरा नगरी भूमिगत भएका थिए।

२०५९ सालमा पार्टी पोलिटब्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता स्वयत ईलाकाहरुको कुशलता पुर्बक ईन्चार्ज सिपको भूमिका निर्वाह गरेका थिए ।

२०६४ सालको भेरी/कर्णाली र थारुवान राज्यबाट सबिधान सभाको निर्बाचन सबै सिट माओबादीको पोल्टामा राख्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । उनले देशै भरी ‘एकिकृत स्वाथ्य सेवा’को अभियान सुरु गरेका थिए ।

२०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षालाई पुण रुपमा खरो रुपमा उत्रन उनलाई सजिलो थिएन ।

नाकावन्दी जस्तो विषम समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् । एमालेसँगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अवस्थामा उनको कार्यकालको चारैतिरबाट प्रशंसा भएको थियो ।

देशको समग्र सुरक्षा प्रशासनलाई नितिगत सुधार गर्न, नाकाबन्दी र मधेश आन्दोलनको सहज ब्यवस्थापन गर्न सफल पुर्वगृहमन्त्री शक्ति बहादुर बस्नेतको वातावरणमन्त्रालय पहिलो अनुभव पहिलो हो ।

उनी माओवादी केन्द्रमा राम्रो नेतामा गनिन्छन् । मन्त्री शक्त्ति बस्नेतको अबको कार्यकाल पनि राम्रो हुनेमा विश्वास लिन सकिन्छ ।
देशमा विग्रदै गरेको वातावरणीय अवस्थामा राज्यले राम्रो नेताको आवश्यकता महसुस गरेको छ ।

वातावरण तथा वनकाे क्षेत्रमा उदाहरणीय काम गर्ने नेता जनताले कुरेको समयमा बस्नेतको अागमी नीतिले राजधानीको मुहार फेर्न र स्मार्ट सिटि जस्ता विषयले पूर्णता पाउनेमा अाशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement