पूर्वरानी कोमल शाहको अवस्था सुधारउन्मुख


काठमाण्डु – कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधारउन्मुख रहेको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

हाल आईसीयूमै राखेर उपचार भइरहेको र उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement