दक्षिण कोरियामा सय वर्षयताकै भारी हिमपात, १४२ उडान रद्द

दक्षिण कोरियामा सय वर्षयताकै भारी हिमपात, १४२ उडान रद्द

photo: All Zazeera

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-दक्षिण कोरियामा सय वर्षयताकै भारी हिमपात भएको छ । राजधानी सोलमा बुधबार १६.१ सेन्टिमिटर हिउँ परेपछि नोभेम्बर महिनामा १९०७ यताकै ठूलो हिमपात भएको बताइएको छ ।

भारी हिमपातले कोरियाको जनजीवन प्रभावित भएको छ। बिहीबार लगातार दोस्रो दिन बिहीबार ४० सेन्टिमिटरसम्म हिमपात भएपछि दर्जनौँ उडान रद्द भएका छन् भने डुंगा सेवा पनि रोकिएको छ।

अधिकारीहरूका अनुसार बिहीबार १४२ उडान रद्द गरिएको छ भने ९९ सय फेरी पनि रोकिएको छ। समुद्रको पानी सामान्यभन्दा बढी तातो हुन पुगेकाले नोभेम्बरमा यस्तो असामान्य हिमपात भएको बताइएको छ।

छिमेकी उत्तर कोरियामा पनि १० सेन्टिमिटरसम्म हिमपात भएको छ।