कोशी प्रदेशमा अझै शुरु भएन सरकार गठनको प्रक्रिया


काठमाण्डु- कोशी प्रदेशमा विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार डलेसँगै नयाँ सरकार गठनको प्रकृया अँझै सुरु भएको छैन । सरकार गठनका लागि कुनैपनि गठबन्धनलाई स्पष्ट बहुमत नहुँदा प्रदेश प्रमुख नै कुन उपधारा अनुसार सरकार गठन गर्ने भन्नेमा अलमलमा परेका छन्।

प्रदेश प्रमुख परशुराम खापुंग अहिले सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को कुन उपधाराद्वारा आव्हान गर्ने भन्नेबारे कानुनी परामर्श गरिरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशमका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट अस्वीकृत भएको थियो ।संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

विपक्षी गठबन्धन दलहरुले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा-छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा रहेको कारण आइतबार मात्रै सरकार गठनको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्दा १६८(२) अनुसार नै दुई वा दुईभन्दा बढि दलको सर्मथनमा सरकार गठन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
Advertisement