कोशीमा कांग्रेस नेतृत्वको सरकार ढल्यो, सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने सर्वोच्चको ठहर


काठमाण्डु- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो ।

सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । सभामुख गौतमसहितको समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सर्वोच्चले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने उल्लेख गरेको छ।

यसबिरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement