कोशीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मण्डलले लिए राज्यमन्त्रीको शपथ


काठमाण्डु-  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधवार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका हुन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।

आज मुख्यमन्त्री थापाले कांग्रेसका गयानन्द मण्डललाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । मण्डलले पद तथा गोपनियतको शपथ पनि लिएका छन् ।

यसभन्दा अघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement