यस्ताे छ कोशी प्रदेश सरकारको नीति कार्यक्रम (पूर्णपाठ)

यस्ताे छ कोशी प्रदेश सरकारको नीति कार्यक्रम (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्विजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेश सभा बैठकमा पेस गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

जसमा तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय सञ्चालनका लागि सहुलियतपूणर् कर्जा तथा सहयोग उपलब्ध गराइने, ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’ लाई व्यवस्थित गर्दै लगिने उल्लेख छ । त्यस्तै प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाका लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेंडाको उन, पशुहरुको छाला जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने बताइएको छ ।

यस्तै कार्यक्रममा प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने, प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याएका सुझावलाई कर्यान्वयन गरिनेलगायतका विषय उल्लेख गरिएको छ ।

त्यस्तै, मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगीस्थित आदिवासी जनजाति रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गरिने जनाइएको छ ।

काेशी प्रदेश नीत तथा कार्यक्रम पूर्णपाठ: