कोशी प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा,३१ जना आन्दोलनकारी पक्राउ


विराटनगर  – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन:संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेशसभा भवन अगाडि पुगेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रदेशसभा आसपास निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले प्रदेश सभालाई सुरक्षा घेरामा राखेको छ । २ बजे बैठक शुरु हुने भएपनि बिहानैबाट प्रदेससभा सदस्य आउन थालेका छन ।

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement