मन्त्रीहरुलाई प्रधानन्त्रीको निर्देशनः मन्त्रिमण्डल पुर्नगठनको सम्भावना छैन्, काममा ध्यान दिनूस्


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने बताएका छन् । शुक्रबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अ‍ोलीले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुर्नगठन नहुने बताएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने तयारी रहेकै बेला मन्त्रीहरुले मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए । मन्त्रीहरुको जवाफ दिँदै प्रधानमन्त्री अ‍ोलीले आफ्नो काममा ध्यान दिन निर्देशन दिएका थिए ।

‘तत्काल मन्त्रिमण्डल पुर्नगठनको सम्भावना छैन् । तपाईहरु मन्त्रालयको काममा ध्यान दिनूस्’, बैठकमा सहभागी एक मन्त्रीले भने, ‘मिडियामा आएको हल्लाको भरमा नलागी काम गर्नूस् । मन्त्रिमण्डल पुर्नगठनबारे मैले कँही कतै बोलेको छैन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement