अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने


काठमाण्डु – अर्थ र सञ्चार तथा सूचना प्रविधिममन्त्रालय सम्हालेका डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सम्हाल्ने भएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाएका डा. खतिवडाले सम्हालेका दुई मन्त्रालय खाली छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी छन् । मन्त्री डा. खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क)बमोजिम आफ्नो पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेको जानकारी दिए ।

मन्त्री खतिवडाको राजीनामा पत्र मुख्यसचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement