काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थाना भएपछि आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीसहितका नेताहरुसँग बालुवाटारमा छलफल सुरु गरेका हुन् ।
बैठकमा सहभागी एक मन्त्रीले आफुहरु संसद पुनःस्थापना पछिका कदमबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिए ।




प्रतिक्रिया