अबको केही समयमै वृद्ध भत्ता ५ हजार पर्‍याउँछौंः प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक (वृद्ध) र सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याइने घोषणा गरेका छन् ।

बिहीबार सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले केही समयमै सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याइने बताएका हुन् ।

‘ विस २०५१ सालबाट मासिक १ सयबाट सुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको छ, हामीले केही समयपछि ५ हजार पुर्‍याउने भनिसकेका छौं ।’

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, सडक बालबालिका सबैको पक्षमा सरकारले काम गरिरहेको उनले बताए । सबै नेपालीको बैंक खाता हुनुपर्ने भन्दै उनले स्वास्थ्य बीमा गरिदिनेतर्फ पनि सरकारले काम गरिरहेको बताए ।

आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै उनले अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement