दशैँजस्ता चाडहरू विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा विकास भएका हुन् : ओली


काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँजस्ता चाडहरु विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा विकास भएको बताएका छन् ।

मंगलबार विजयादशमी २०७८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरू निर्माण भएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनका महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रवन्धका लागि हाम्रा पूर्वज र अग्रजहरूले अत्यन्तै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement