४ मंसिरमा नेकपा एमाले गठबन्धनसँग भिड्दैँछ : अध्यक्ष ओली


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गठबन्धनसँग चुनाव लड्नु पर्ने बताएका छन् ।

आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुन लागेको संघीय चुनावमा एमालले गठबन्धनसँग लड्नुपर्ने बताएका हुन् । ‘मंसिर ४ गते संघीय निर्वाचन आउँदैछ। हामीले गठबन्धनसँग चुनाव लड्नुपर्नेछ । यो नसिबमै लेखेको छ। ’

अध्यक्ष ओलीले निर्वाचनमा एक्लै जान डराएर हालको पाँच दलीय गठबन्धने एकअर्कोको सहारा लिएर निर्वाचनमा जान लागेको दावी गरे । हालको गठबन्धनको आयु सकिन लागेको उनको भनाइ छ ।

‘बाँच्नका लागि डुब्न लागेका बेला बग्दै गरेको त्यान्द्रो समाउँछ रे, त्यसले बचाउँछ कि बचाउँदै त्यो थाहा हुँदैन। त्यसैले यी डु्ब्न लागेका छन् । डुबिएला भनेर एकले अर्कोलाई, अर्कोलाई अर्कोलाई समात्दा समात्दै सबै डुब्छन्’, उनले भने ।

त्यसैगरी अध्यक्ष ओलीले संघ र प्रदेशको तयारीमा जुट्नको लागि नेकपा एमालेका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement