एमालेले ल्याएका विचार र विकाससँग प्रतिस्पर्धा गर्नुस् : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आएदेखि विकासको गति अगाडि नबढेको बताएका छन् । आइतबार बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार आएदेखि देशको एक वर्ष खेर गएको बताएका हुन् । उनले हाल सरकारसँग विकास गर्न पैसा नभएको समेत दावी गरे ।

‘म प्रधानमन्त्री हुँदा पैसा भनेको कहिले सुन्नुभयो तपाईहरुले ? , यता नि पैसा छ, उता नि पैसा छ, हुलाकी राजमार्ग बन्छ पैसा छ, धरहरा बन्छ पैसा छ, रानी पोखरी बन्छ पैसा छ,  आर्मीको हेडक्वाटर बन्छ पैसा छ । ३९६ वटा अस्पताल एकै ठाउँबाट मैले शिलान्यास गरेँ, बजेट छुट्याएँ निर्माण कार्य सुरु गरेँ, पैसा छ । अहिले सबै पैसा कटेको छ । केहि विकास गर्न पैसा छैन, बाटो, पुल बनाउन पैसा छैन । बनाइसकेको ठेकेदारलाई भुक्तानी दिने पैसा जान्छ कहाँ ? कता हरायो ? अहिले कहाँ कसरी हरायो पैसा चिन्ता त्यो हो।’, उनले भने ।

त्यसैगरी अध्यक्ष ओलीले नेकपा एमालेले ल्याएका विचार र विकासका कामसँग प्रतिस्पर्धा गर्न वर्तमान सरकारलाई आह्वान गरेका छन्। उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन भएको समेत भन्न नसकेको बताए। ‘मैले त लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन हो, फिर्ता पाउँ, हुनुपर्छ, संवाद गरौं भनेर पत्रचार गरेको थिएँ’ ओलीले भने, ‘यो सरकारले लिपुलेक, लिम्पियाधुरा समस्या हुन् भनो, समस्या पो हो भन्छ आफ्नो भुभागलाई। ’

उनले बाँचुन्जेलसम्म मात्र बालकोटस्थित घरमा बस्ने र आफ्नो जिवनपछि सबै सम्पत्ति सरकारको हुने बताएका छन् । ‘सरकारलाई दान दिइसकेको सम्पत्ति कसरी बेच्न मिल्छ र ?’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement