२६ कात्तिकमा ओली फेरि सुदूरपश्चिम जाँदै


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । अध्यक्ष ओली २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका उनी केही दिन अघि मात्रै काठमाण्डु आएका थिए । उनले दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement