प्रधानमन्त्री प्रचण्डले स्वाभिमानविपरीत अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्छ : अध्यक्ष ओली 


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने ओलीको भनाइ छ ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्डको संसदमा मात्र नभएर बाहिर पनि आलोचना भइरहेको छ । एमालेलगायत विपक्षी दलहरूले यही विषयलाई लिएर बुधबार संसदका दुवै सदनमा अवरोध गरेका छन् ।

आज बसेको संघीय संसदको दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement