नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज भगवानसँग डराउन छोडेको र जथाभावी बोल्नेहरुसँग रमाउन थालेको टिपपणी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज भगवानसँग डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको टिपपणी गरेका हुन् ।

अहिले नेपाली समाजको एउटा पक्ष परपीडक,असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने,अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो । जसलाई आज हामीले सांस्कृतिक हिसावले,हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै शतर्क हुनुपर्ने आवश्यकता छ,’ उनले भने । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement