गिरीबन्धु जग्गाको छानबिन जरुरी छैन, सरकारलाई मन लागे गरोस् : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टाको विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।

संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारलाई छानबिन गर्न मन लागे गर्न सक्ने उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गिरीबन्धुको करीब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने निर्णय तत्कालीन सरकारले गरेको बताए । त्यसअघि विना कानून जग्गा सट्टापट्टा गर्ने गरिए पनि आफ्नो सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement