हामीसँग वीरता पनि छ, त्यसैसँगै मिसिएको मूर्खता छ : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान् पूर्खाको सन्तानलाई हत्तपत्त कसैले हेप्न नचाहने बताएका छन् ।

राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीसँग वीरता र मूर्खता दुवै भएको बताए ।

उनले भने, ‘यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मूर्ख–मूर्ख छ है भनेर । हामीसँग २ वटा कुरा छ – हामीसँग वीरता पनि छ, त्यसैसँगै मिसिएको मूर्खता छ । त्यसैकारण अंग्रेजसँग हार्छाैं,’ उनले भने, ‘उसले आइजो भन्छ, उसको सेनामा अन्यत्र गएर लड्न थाल्छौं । अलिअलि मूर्खता झल्किन्छ । कसका विरुद्ध किन लड्ने भन्ने थाहा नभएको देखिन्छ ।’

पूर्वजहरूको विद्वता र वीरताले हामीलाई चिनाएको उनले बताए । उनले विविधतामा एकता खोज्नुपर्ने बताउँदै विविधतालाई विभेदको विषय बनाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement