एमालेले जनताका समस्या सुनेर समाधान गर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या सुनेर समाधान गर्ने पार्टी एमाले भएको बताएका छन् ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुनेर समाधान गर्ने पार्टी एमाले भएको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए । सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले काम गरेको बताए ।

सुुनकोशी मरिन डाइभर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement