प्रधानमन्त्री ओलीलाई कर्णालीका मुख्यमन्त्री शाहीको ज्ञापन, यी हुन् १० बुँदा


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भिर रहेको बताएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट बुधबार बालुवाटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला लगायतको समूूहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाइ यातायात, सिंचाइ, उर्जा तथा विद्युतीकरण, संचार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement