राष्ट्रिय सरकार बनाउन बाबुरामको प्रस्ताव, प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

राष्ट्रिय सरकार बनाउन बाबुरामको प्रस्ताव, प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।

आइतबार बिहान ट्वीटमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने सुझाव दिएका हुन् ।

केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर हाल र पूर्व प्धानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार निर्माण गर्न प्रस्ताव राखेको स्पष्टिकरण दिएका छन् ।

बाबुरामको उक्त प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् । उनले अहिलेका विषम परिस्थिति र जनताले आफूलाई पाँच वर्षका लागि भोट दिएर पठाएका राष्ट्रिय सरकारको आवश्यकता नरहेको जवाफ दिएका थिए ।

त्यस्तै अध्यक्ष भट्टराईले कोरोना भाइरसको संक्रमणले नागरिकको अवस्था नाजुक भइरहेका बेला देशलाई निकास दिन आफूले केपी ओलीलाई नभई देशको प्रधानमन्त्रीसँग भेट गरेको पनि बताएका छन् ।

‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ । सोचौं’, उनले भनेका छन् ।