काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्यअनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरेका छन् ।
आइतबार काठमाण्डुमा कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खोप लगाउन पाइएन भनेर नआत्तिन आग्रह गरेका हुन् । केही समय खोपको अभाव देखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको जिकिर गरे ।
उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको बताए । ‘खोप पाइएन भनेर आत्तिनुपर्दैन । ढुक्क हुनुहोस ! डिसेम्बरसम्म सरकारले सबैलाई खोप दिने लक्ष्यअनुसार काम गरिहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दावी गरे ।




प्रतिक्रिया