थापाथलीमा ओली र नेपालबीच निर्णायक वार्ता हुँदै

थापाथलीमा ओली र नेपालबीच निर्णायक वार्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।शुक्रबार पार्टी कार्यालय थापाथलीमा प्रधानमन्त्री अ‍ोली र नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।

उनीहरुबीच निर्णायक वार्ता हुने अपेक्षा गरिएको छ । पार्टी विभाजनको अवस्थामा पुगेका बेला दुवै नेताबीच भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच आजै भेटवार्ताको तयारी भइरहेको जानकारी दिए ।